|
तस्विर: बाबु त्रिपाठीकाे फेसबुक वालबाट

काठमाडाैं :  कालिकास्थानस्थित सर्वनाम थियटरमा शनिबार मेहफिल कार्यक्रम सम्पन्न  भएको छ। कार्यक्रममा पूर्वका ईश्नर दाहाल र पश्चिमका कृष्ण विरही 'जलन' ले अाफ्ना नयाँ पुराना गजलले दर्शकलाई मन्त्रमुग्ध बनाए। यसैगरी, गजल गायनतर्फ गायक  राज सागर तवलाबादक कुन्दन शाह र बासुरीवादकमा  नगेन्द्र राई रहेका थिए।

उक्त कार्यक्रमपछि नयाँ पुस्ताले गजललाई न्याय गर्दै अाएकाे र  नेपाली गजललाई एउटा उचाइमा  पुर्‍याउन युवापुस्ताकाे सक्रियता सराहनीय रहेकाे  गजलकार तथा कवि बाबु त्रिपाठीले बताए। मेहफिलमा  आख्यानकार नयनराज पाण्डेलगायतकाे बाक्लाे  उपस्थिति थियाे।

मेहफिल सर्वनाम थिएटर,शब्दघर,मधुवन,साहित्य परिवार,उर्वरा फउण्डेसन नेपाललगायतकाे संयुक्त अायाेजनामा दुई/दुई महिनाकाे अन्तरालमा सर्वनाम थियटरमा  हुदैँ अाएकाे छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.