|

इरानमा विमान दुर्घटना हुँदा ६६ जनाको मृत्यु भएको छ। दुर्घटना भएको विमान कम्पनी असेमन एयरलाइन्सले विमान दुर्घटना भएको र विमानमा रहेका ६६ जनाको मृत्यु भएको जानकारी दिएको बीबीसीले लेखेको छ।

इरानको राजधानी तेहरानबाट दक्षिण पश्चिमी सहर यसुजका लागि उडेको विमान जगरोस पहाडमा दुर्घटना भएको बताइएको छ।

उक्त विमान २० वर्ष पुरानो भएको बताइएको छ। उक्त विमान एटीआर ७२-५०० रहेको छ।

उद्दारका लागि रेडक्रस दुर्घटनास्थलमा पुगेको छ।

स्थानीय समय अनुसार ५ बजे विमान तेहरानबाट उडेको थियो र केही समयपछि राडारबाट सम्पर्क विच्छेद भएको थियो।

सरकारी अधिकारीका अनुसार मैसमको खराबीले दुर्घटनास्थलमा हेलिकोप्टर पुग्न सकेको छैन। सरकारका एक प्रवक्ताका अनुसार आपतकालिन उद्दारका लागि उच्च सतर्कतामा राखिएको छ।

विमानमा ६० यात्रु, २ सुरक्षा गार्ड र ४ जना विमानका पाइलट लगायतका कर्मचारी थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.