|

गोरखा : प्रदेश ४ को उपसभामुखमा नेकपा एमालेकी सांसद सिर्जना शर्मा विजयी भएकी छन्।

प्रदेश ४ को उपसभामुखमा नेपाली कांग्रेस र जनमोर्चाले पनि उम्मेदवारी दिएको थियो।

आइतबार भएको उपसभामुखको निर्वाचनमा नेपाली कांग्रेसकी उपसभामुख उम्मेदवार मनकुमारी गुरुङलाई २० मतले पछि पार्दै शर्मा विजयी भएकी हुन्।

निर्वाचित शर्माले ३८ मत ल्याइन भने प्रतिद्वन्द्वी गुरुङले १८ मत प्राप्त गरिन्।

प्रदेश ४ को प्रदेशसभामा ६० सदस्य रहेका छन्। जसमा एमालेबाट २७, कांग्रेसबाट १५, माओवादीबाट १२, जनमोर्चाबाट ३ र नयाँ शक्तिबाट २ जनाको प्रतिनिधित्व छ।

शर्मालाई सभामुख नेत्रनाथ अधिकारीले आइतबार नै सपथ ग्रहण समेत गराएका छन्। उपसभामुखका लागि ३ जनाले दावेदारी पेश गरेका थिए।

वाम गठबन्धनबाट एमाले नेतृ सिर्जना शर्मा, कांग्रेसबाट मनकुमारी गुरुङ र जनमोर्चाबाट पियारी थापाले उम्मेदवारी दर्ता गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.