|

भक्तपुर : प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको गोप्य वार्ता बिना निष्कर्ष टुंगिएको छ।

पार्टी एकता, सरकारमा सहभागिता र राष्ट्रपति, उपराष्ट्रति एवं सभामुख नियुक्तिबारे प्याकेजमा सहमति खोज्न बसेको बैठकमा कुनै टुंगो लागेन।

भक्तपुर पुरानो थिमिस्थित व्यापारी दुर्गा प्रसाईँको घरमा भएको ५ घण्टा लामो वार्ता सहमति बिना टुंगिएको हो।

बिहान ११:३० बजेबाट सुरु भएको दुई नेताबीचको गोप्य छलफल दिउँसो ४:३० बजे सकिएको थियो।

दुई नेता भित्र वार्तामा रहेका बेला बाहिरको सुरक्षाकर्मीको बाक्लो उपस्थिति थियो।

प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले वार्ता सकारात्मक भएको बताए। उनले भने, 'वार्ता निरन्तर चालु राख्ने सहमति भएको छ। पार्टी एकतालाई छिट्टै निष्कर्षमा पुर्‍याउन दुबै नेता सकारात्मक भएकाले वार्ता पनि सकारात्मक दिशातर्फ अघि बढिरहेको छ।'

उनले थपे, 'पार्टी एकता छिट्टै निष्कर्षमा पुग्ने छ।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.