|

सुनसरी : मोरङ र सुनसरीका छुट्टाछुट्टै स्थानबाट नेकपाका दुई केन्द्रीय नेतासहित ३६ बढी कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ। विराटनगरमा आयोजित एक कार्यक्रममा सहभागी हुन जानेक्रममा प्रहरीले आइतबार विराटनगरको डाटबाट केन्द्रीय नेताहरु हिमाल प्रकाश ओली र पदम राईसहित ३६ बढी कार्यकर्तालाई नियन्त्रणमा लिएको हो।

विराटनगरको संसारीमाई स्थानबाट कार्यक्रममा सहभागी हुन आएका विप्लव कार्यकर्तालाई कार्यक्रमस्थलबाट प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नयाव उपरीक्षक विष्णुहरि कोइरालाले जानकारी दिए।

कार्यक्रममा सहभागी हुने आउने क्रममा कानेपोखरी, बेलवारी, केराबारी विराटनगरको राजवंशी चौक सुनसरीको इनरुवालगायतका स्थानबाट पनि प्रहरीले कार्यकर्तालाई नियन्त्रणमा दिएको छ।

विराटनगरबाट नियन्त्रणमा लिएकाहरुलाई जिल्ला प्रहरी कार्यालयकामा राखिएको छ। अन्य स्थानबाट नियन्त्रणमा लिएकालाई सम्बन्धित प्रहरी कार्यालयमा राखिएको माओवादी सेक्रेटरी युगेनले जानकारी दिए।

नेकपानिकट राष्ट्रिय युवा जनस्वंयसेवकको तेस्रो राष्ट्रिय सम्मेलन उद्घाटन कार्यक्रम विराटनगरमा राखिएको थियो। प्रहरी नायव उपरीक्षक कोइरालाले उनीहरुलाई सोधपुछका लागि मात्र नियन्त्रणमा लिएको जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.