|
File Photo

काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले माओवादी केन्द्रसँग पार्टी एक भइसकेको बताएका छन्।

सिंहदरबारमा आइतबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता गौतमले एमाले-माओवादी एक भइसकेको र घोषणा हुन मात्र बाँकी रहेको बताए।

उपाध्यक्ष गौतमले २ पार्टी बीचको एकता निष्कर्षमा पुग्ने र मुलुकमा संयुक्त सरकार बन्ने स्पष्ट पारे। उनले एकताको विषयमा छिट्टै टुंगोमा पुगिने विश्वास रहेको बताए।

उपाध्यक्ष गौतमले पार्टी एकताको घोषणा भने प्रतिनिधिसभा संसद बैठक आह्वान भएपछि मात्रै हुने योजना पनि सार्वजनिक गरे।

पार्टी एकता संयोजन समितिका सदस्य समेत रहेका नेता गौतमले पार्टी 'एक' भइसकेको र त्यसमा ‘ता’ जोड्न मात्रै बाँकी रहेको टिप्पणी गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.