|

चितवन : चितवनको भरतपुरस्थित रामनगरको पेट्रोल पम्पका कर्मचारीलाई गोली हानी धनमाल लुटेको घटनामा दोषी ठहर भई फरार रहेका एक व्यक्ति आइतबार कारागार चलान भएका छन्। 

गोरखा जिल्लाको साविक धावा गाविस घर भई ताप्ले बस्ने ४६ वर्षका श्याम नेपाली ‘रोकाहा’लाई कारागार चलान गरिएको चितवन प्रहरीले जानकारी दिएको छ। 
उनलाई फागुन ४ गते गोरखाबाट पक्राउ गरी चितवन जिल्ला अदालतमा बुझाइएपछि अदालतले कारागार पठाएको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए। 

७ वर्षअघि २०६७ सालमा रामनगरमा रहेको जगदम्बा पेट्रोल पम्पका म्यानेजर भरत घिमिरेलाई गोली हानी हत्या गरिएको घटनामा उनी दोषी ठहरिएका थिए। सो क्रममा उनीहरूले पम्पमा भएको धनमालसमेत लुटेका थिए।

पmरार अपराधी खोजी अभियानका क्रममा प्रदेश ३ को प्रहरी कार्यालय हेटौँडाको क्षेत्रीय अनुसन्धान समूह, जिल्ला प्रहरी कार्यालय चितवन र जिल्ला प्रहरी कार्यालय गोरखाको संयुक्त टोलीले उनलाई पक्राउ गर्न सफल भएको प्रहरी उपरीक्षक थापाले जानकारी दिए। 

जिल्ला अदालत चितवनको २०७३ असार २७ गतेको फैसलाअनुसार नेपालीलाई ३ वर्ष कैद र २० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.