अर्थ

सरकारलाई उद्योग वाणिज्य महासंघको सुझाव
SHARES

फागुन ६, २०७४

    काठमाडौं : निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले २०७५ देखि २०८५ लाई ‘मुलुक निर्माण दशक’ घोषणा गरेर आर्थिक गतिविधि संचालन गर्न सरकारलाई सुझाव दिएको छ। 

    आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी महासंघले कमजोर अर्थतन्त्रलाई माथि उठाउन आर्थिक गतिविधिलाई सशक्त रूपमा बढाउन ‘मुलुक निर्माण दशक’ घोषणा गर्न नयाँ सरकारलाई सुझाव दिएको हो।

    हालको अर्थतन्त्र सन्तोषजनक नरहेको मुलुकको चालु खाता र शोधनान्तर अवस्था ऋणात्मक रहेको अवस्थामा सरकारले भनेजस्तो समृद्ध नेपाल बन्न नसक्ने भन्दै महासंघले १० वर्षसम्म आर्थिक गतिविधि पूर्वाधार विकास, पर्यटन, ऊर्जाको विकासमा केन्द्रित हुनुपर्नेमा पनि जोड दिएको छ।

    महासंघले प्रादेशिक तथा संघीय सरकारहरूले औद्योगीकीकरणको  विकास र विस्तारलाई  केन्द्रित गर्दै स्वदेशी तथा विदेशी लगानी आकर्षण गर्न नीतिगत सुनिश्चितता र लगानी सुरक्षा हुने कार्यक्रम तत्काल सार्वजनिक गर्न पनि माग गरेको छ।

    महासंघकी अध्यक्ष भवानी राणाले लगानीमैत्री वातावरण निर्माण र उद्योगको क्षमता वृद्धि गर्न प्रोत्साहन र सुविधाको कार्यक्रम घोषणा गर्नुपर्ने माग पनि गरिन्।  

    महासंघले आर्थिक कूटनीतिको माध्यमबाट मुलुकमा लगानी भित्र्याउन पनि सरकारलाई सुझाव दिएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]