|

एकदिवसीय सिरिजमा गरेको धमाकेदार प्रदर्शनलाई निरन्तरता दिंदै भारतले जोहन्सबर्गको वान्डरस मैदानमा आइतबारबाट सुरु भएको तीन खेलको टी-२० सिरिजमा रेकर्डेड सुरुवात गरेको छ। पहिलो टि-२० मा दक्षिण अफ्रिकालाई २८ रनले पराजित गरेसँगै भारतले सिरिजमा १-० को अग्रता बनाएको छ।

ओपनर ब्याट्सम्यान शिखर धवनले ३९ बलमा ७२ रनको विस्फोटक पारीको मद्दतमा भारतले २० ओभरमा ५ विकेट गुमाएर २ सय ३ रन बनाएको थियो। धवनपछि मनीष पांडेले अविजित २९ रन तथा कप्तान विराट कोहलीले २६ रन बनाए। जवाफमा दक्षिण अफ्रिकाले पुरै २० ओभर खेल्दै ९ विकेट गुमाएरु १ सय ७५ रनमात्र जोड्न सक्यो। उसका लागि रेजा हन्डरिक्सले सर्वाधिक ७० रन बनाउँदा  भारतका भुवनेश्वर कुमारले सर्वाधिक पाँच विकेट लिए।

यस्तो बन्यो रेकर्ड

टस हारेपछि भारतले पहिलो ब्याटिङ गर्दे सुरुवातबाटनै पाहुना टोलीमाथी दबाब बढायो। उत्कृष्ट ब्याटिङको मद्दतमा भारतले टि-२० क्रिकेटको पावर प्लेमा आफ्नो सर्वाधिक बढि रनको स्कोर बनाउन सफल भयो। भारतले पावरप्लेमा ७८ रन बनाएको थियो। यसअघि यो रेकर्ड २००९ मा श्रीलंका विरुद्धको खेलका दौरान पावरप्लेमा सर्वाधिक ७७ रन बनाएको थियो।

पावरप्लेमा सर्वाधिक रन बनाएपछि भारतले ८.२ ओभरमानै १ सय रन बनायो। जुन क्रिकेटको सर्वाधिक छोटो फर्मयाटमा सर्वाधिक छिटो सतकको रेकर्ड हो। त्यस्तै भारतले दक्षिण अफ्रिका विरुद्ध आफ्नो सर्वाधिक ठुलो स्कोरको लक्ष्य प्रस्तुत गर्न समेत सफल भयो। पहिलो पटक भारतले दक्षिण अफ्रिका विरुद्ध २ सय रनको आँकडा पार गर्न सफल भयो।

ब्याटसम्यानको रेकर्डपछि इनिङमा भारतीय बलरले पनि आफ्नो जादु देखाए। जसमा भुवनेश्वर कुमारले आफ्नो चार ओभरको स्पेलमा २४ रन दिएर महत्वपुर्ण ५ विकेट लिंदै भारतीय क्रिकेट इतिहासमा आफ्नो नाम लेखाए। भुवनेश्वर टि-२० क्रिकेट इतिहासमा पाँच विकेट लिने पहिलो तिब्र बलर बने। यसअघि स्पीनर युजवेन्द्र चाहलले टि-२० क्रिकेटमा पाँच विकेट लिएका थिए। यो प्रतियोगितामा पाँच विकेट लिएसँगै भुवनेश्वर क्रिकेटका सबै फर्मयाटमा पाँच विकेट लिने पहिलो भारतीय बलर बने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.