|

काठमाडौं: एकदिवशीय विश्वकप छनोट प्रतियोगिताका लागि नेपाली क्रिकेट टोलीको घोषणा गरिएको छ। प्रतियोगिता आउँदो २० गतेदेखि जिम्बाबेमा सुरु हुने छ।

आइसीसीका नेपाल प्रतिनिधि अनिमुल इस्लाम, नेपाली टोलीका प्रमुख प्रशिक्षक जगत टमाटा र नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले १५ नियमित र ४ बैकल्पिक खेलाडी छनोट गरेका हुन्। आइसीसीले आइतबार राती अबेर गरेको सूचीमा आइसीसी विश्व क्रिकेट लिग डिभिजन टू कै खेलाडी रहेका छन्।

 कप्तान पारस खड्का, उप–कप्तान ज्ञानेन्द्र मल्ल, शक्ति आइसिसी विश्वकमप छनौट क्रिकेटका लागि नेपाली टोलीको घोषणा गरिएको हो। बसन्त रेग्मी, शरद भेषावकर, सोमपाल कामी, करण केसी, आरिफ शेख, सन्दीप लामिछाने, दिपेन्द्रसिंह ऐरी, दीलिप नाथ, ललित भण्डारी, अनिलकुमार साह र रोहितकुमार पौडेल छन्।

 ।त्यस्तै १५ जनाको टिम हुने भएकाले ललित राजवंशी राष्ट्रिय टोलीमा परेका छन्।  वैकल्पिक खेलाडीका रुपमा सुनील धमला, किशोर महतो, सिद्धान्त लोहनी र बिनोद भण्डारीले स्थान बनाएका छन्।

विश्वकप छनोटमा नेपालले आउँदो २० गते उद्घाटन खेलमा जिम्मावेसँग खेल्नेछ। समूह बिजेता भएमा नेपाल अर्को वर्ष इग्ल्याण्ड र वेल्समा आयोजना हुने विश्वकपमा सहभागि हुनेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.