|

काठमाडौं :  स्थानीय तह सञ्चालनका लागि सरकारले स्थानीय सरकार सञ्चालन ऐन २०७४ र ३० वटा नमुना कानुन बनाएको छ। 

ऐन लागु भइसकेको छ भने नमुना कानुन पनि अधिकांश स्थानीय तहमा लागु भएका छन्। संघीय तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तह सञ्चालनका लागि ७ सय ५३ वटै स्थानीय तहमा ३० वटा नमुना ऐन, नियमावली, नमुना कार्यविधि पठाएको छ।

मन्त्रालयले पठाएको नमुना काुननमध्ये अधिकांश कानुन प्रदेश दुईबाहेक अन्य प्रदेशका स्थानीय तहले लागु गरेको मन्त्रालयले जनाएको छ। मन्त्रालयका उपसचिव तथा संघीय मामिला महाशाखाका छवि रिजालले भने, 'मन्त्रालयले पठाएको करिव ३० वटा नमुना कानुन र नमुना कार्यविधि स्थानीय तहले अध्ययन र छलफल गरी त्यसलाई परिमार्जन समेत गरेर लागु गर्न सक्छन्।' 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.