|

काठमाडौं : दूरसञ्चार सेवा प्रदायकले अहिलेसम्म बिक्री गरेका सिमकार्डमध्ये करिब दुई करोड सिमकार्डबाट इन्टरनेट प्रयोग भएको देखिँदैन। 

नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार अहिलेसम्म सेवा प्रदायकले तीन करोड ५९ लाख १२ हजार सिमकार्ड बिक्री गरेका छन्। यो संख्या सीडीएमए मोबाइल प्रयोग हुने सिमकार्ड समेत हो। तर बिक्री भएका सिमकार्डमध्ये मोबाइलबाट इन्टरनेट प्रयोग गर्नको संख्या भने केबल एक करोड ५९ लाख ९५ हजार मात्रै रहेको प्राधिकरणले जनाएको छ। 

यस हिसाबले बिक्री भएका सिमकार्ड र इन्टरनेटको प्रयोग भएको सिककार्डको अन्तर एक करोड ९९ लाख १६ हजार रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.