|

ब्राजिलमा एउटै फुटबल खेलमा रेफ्रीले १० वटा रातो कार्ड देखाएका छन्। ब्राजिलको बाहिया स्टेट च्याम्पियनसीप फुटबल प्रतियोगिताकामा बाहिया र भिटोरिया क्लबबीचको खेलमा १० रातो कार्ड देखाइएको हो।

१० वटा रातोकार्ड देखाइएपछि रेफ्रीले खेल स्थगित गरेका छन्। खेलको पहिलो हाफमा घरेलु टोली भिटोरियाले १–० को अग्रता लिएको थियो। दोस्रो हाफमा पाहुना टोलीले पाएको पेनाल्टीलाई गोलमा बदलेपछि तनाव सुरु भयो।

दुवै टोलीका खेलाडीले मुक्का बर्साउन थालेपछि अाठ खेलाडीलाई रातो कार्ड देखाइयो। पछि थप दुई खेलाडीले रातो कार्ड पाएपछि रेफ्रीले खेल रोकेका हुन्।
खेलका क्रममा दुवै टोलीका ५–५ खेलाडीले रातो कार्ड पाएका थिए। अन्य ८ खेलाडीलाई भने पहेंलो कार्ड देखाइएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.