|

सोलुखुम्बु : जिल्लाको पर्यटकीय क्षेत्र खुम्बुमा मानिसको चहलपहल सुरु भएको छ। जाडो बढेसँगै पर्यटकीय सिजन सकिएपछि सुनसान बनेको खुम्बु क्षेत्रमा चहलपहल सुरु भएको हो।

क्रमश जाडो कम हुँदै जानु, जाडो बिदा सकिएपछि विद्यालय खुल्नु र जाडो छल्न अन्यत्र गएका खुम्बुवासी समेत फर्कन थालेपछि अहिले चहलपहल बढेको स्थानीय नाम्गेल शेर्पाले बताए। उनका अनुसार खुम्बु क्षेत्रको सम्पूर्ण विद्यालय खुलिसकेका छन्। विदेशी पर्यटक समेत आउन थालेका छन्। 

जाडो बढेपछि खुम्बु क्षेत्रका नागरिक काठमाडौंलगाएत विभिन्न तीर्थयात्रामा जाने गर्छन्। यसरी गाउँबाहिर गएकाहरू फर्कन थालेको स्थानीय शिक्षक खगिन्द्रराज बास्तोलाले बताए। 

अहिले खुम्बु क्षेत्रमा विदेशी पदयात्री समेत बढ्दै गएका छन्। माघको सुरुवातदेखिनै विदेशी पदयात्री र उनीहरूका सहयोगी, गाइड, कुकको रूपमा नेपाली समेत खुम्बु क्षेत्र आउन थालेका छन्।

गत माघमा एक हजार १९२ जना विदेशी पर्यटकले खुम्बु क्षेत्रको भ्रमण गरेका छ्न। जसमध्ये चीनका २१०, दक्षिण कोरियाका १२० र अमेरिकाका १११ जना रहेको पर्यटक प्रहरी लुक्लाले जनाएको छ।

सबैभन्दा कम अर्जेन्टिना र स्लोभानियाबाट १÷१ जना पर्यटक सगरमाथा क्षेत्रको भ्रमणका क्रममा आएको तथ्यांक छ। तथ्यांक अनुसार माघमा आर्थिक ०७०/७१ मा ८१२, ०७१/७२ मा  ६९३, ०७२र७३ मा १ हजार २६ र ०७३र७४ जना १ हजार ६४ जना पर्यटक खुम्बु क्षेत्रको भ्रमणमा आएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.