रुसको दागेस्तानस्थित एक चर्चमा गोलाबारी हुँदा पाँच महिलाको मृत्यु भएको छ। घटनामा परी एक प्रहरी अधिकारीसहित ५ जना घाइते भएका छन्। एक व्यक्तिले अन्धाधुन्ध गोली चलाएको बीबीसीले उल्लेख गरेको छ ।
प्रहरीको जवाफी कारवाहीमा आक्रमणकारी स्थानीय एक युवक समेत मारिएको बताइएको छ। आक्रमणकारीको पहिचान भएको प्रहरीले जनाएको छ। घटनाको जिम्मा इस्लामिक अतिवादी समुह आईएसले लिएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।