|

चितवन : रत्ननगर नगरपालिका–३ शान्तिचोकमा आइतबार राति भएको सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका खैरहनी नगरपालिकाका अर्का वडाध्यक्षको मृत्यु भएको छ। 

खैरहनी नगरपालिका–४ का वडाध्यक्ष नरेन्द्र अधिकारीको चितवन मेडिकल कलेजमा उपचारका क्रममा सोमबार बिहान मृत्यु भएको चितवनका प्रहरी उपरीक्षक दिपक थापाले जानकारी दिए।

आइतबार राति साढे आठ बजे भएको उक्त दुर्घटनामा परी सोही नगरपालिका–५ का वडाध्यक्ष विश्वविजय बस्नेतको राति नै मृत्यु भएको थियो। खैरहनीबाट रत्ननगरतर्फ आउँदै गरेको ना३च ९८४० नम्बरको तरकारी बोक्ने पिकअप भ्यान र विपरीत दिशाबाट जाँदै गरेको खैरहनी नगरपालिकाको बा२झ १३४४ नम्बरको गाडी एक आपसमा ठक्कर खाँदा दुर्घटना भएको थियो।

दुर्घटनामा घाइते भएका चालक खैरहनी–१२ का राजकुमार अधिकारीको चितवन मेडिकल कलेजमा उपचार भैरहेको प्रहरीले जनाएको छ। तरकारी बोक्ने गाडी चालक सुमन अर्याल चितवनको सूर्यपुरबाट पक्राउ परेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.