|

काठमाडौं : उदीयमान प्रतिभा मिस्टर ओ (ओमुक)ले आफ्नो पहिलो गीत बजारमा ल्याएका छन्। ‘म टोलाई’ बोलको लोक पप शैलीको गीत उनले युट्युवमार्फत सार्वजनिक गरेका हुन्। आदेश गुर्माछानको कम्पोजिसन रहेको गीतमा शब्द रचना र स्वर पनि गायक स्वयंको रहेको छ।

भिडियोमा सिद्धान्त कपाली र निशु शर्मा फिचरिङ छन्। मेघावी शाक्य र मनिष श्रेष्ठ खिचेको भिडियोलाई मेघवी र मिस्टर ओले नै सम्पादन गरेका हुन्। भिडियोलाई मिस्टर ओले नै निर्देशन गरेका छन्।

यस गीतले ‘टिनएज’का युवापुस्ताको प्रेम भावनाको प्रतिनिधित्व गरेको छ। गायक मिस्टर ओ.(ओमुक)ले भविष्यमा निरन्तर संगीत क्षेत्रमै लाग्ने र क्रमशः अन्य गीतहरू पस्किँदै जाने बताए।

हेर्नुहोस् भिडियो :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.