|

बारा : जितपुरसिमरा उपमहानगरपालिकास्थित सिमरा विमानस्थलका अधिकांश सिसीक्यामेरा करिव ६ महिनादेखि काम नलाग्ने अवस्थका भएका छन्। विमानस्थल सुरक्षाका लागि जडान गरिएा १२ वटा क्यामेरामध्ये आधा मात्र सञ्चालनमा छन्।
 

सिसीक्यामेरा बिग्रिएको लामो समयसम्म भइसक्दा पनि सम्बन्धित निकायले ध्यान नदिएको विमानस्थल सुरक्षामा खटिएका प्रहरी नायव निरीक्षक लीलानाथ नेपालले बताए। ‘हामीले धेरै पटक प्रमुखज्युलाई यस विषयमा जानकारी गराइसकेका छौं,’ नायव निरीक्षक नेपालले भने, ‘तर उहाँले खासै चासो दिनुभएको छैन।’

क्यामराले काम नगर्दा विमानस्थलमा चुनौती थपिँदै गएको प्रहरीको भनाइ छ। ‘सिसिक्यामेरा नहुँदा विमानस्थलबाट धेरै मालसमान चोरी भइसकेको छ,’ नायव निरीक्षक नेपालले भने, ‘त्यसकारण चाँडै क्यामरा मर्मत हुन आवश्यक छ।’
 
नेपाल नागरिक उड्यान प्राधिकरण सिमरा विमानस्थलका प्रमुख निराजन काफ्लेले बिग्रिएका सिसीक्यामेरा मर्मत गर्ने सुरु गरिएको बताए। ‘बिग्रिएका सबै क्यामेराको मर्मत गर्ने तयारी थालिसकेका छौं,’ प्रमुख काफ्लेले भने, ‘बेला–बेलामा पानी पर्ने गरेका कारण तारमा समस्या आएको हो, अब एक–दुई दिनमा सबै सञ्चालनमा आउँछ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.