राजनीति

देशलाई तुइनमुक्त बनाउने अभियानमा खबरदारी गर्न जुटे युवा
SHARES

फागुन ७, २०७४

    तनहुँ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलका सुपुत्र चिन्तन पौडेलले मुलुकलाई समृद्ध बनाउन युवा जागरण अभियानको घोषणा गरेका छन्। गृह जिल्ला तनहुँबाट सोमबार दमौलीमा पत्रकार सम्मेलन गरी उनले सो अभियान सुरु गरेको घोषणा गरेका हुन्।

    समग्र मुलुकलाई नयाँ सोच र शैलीमा अगाडि बढाउन राज्य पक्षलाई खबरदारी गर्दै अगाडि बढ्ने पत्रकार सम्मेलनमा अभियानका संयोजक चिन्तनले बताए।

    पूर्वमेचिदेखि पश्चिम महाकालीसम्मका १५ देखि ४० वर्ष सम्मका युवाहरुलाई अभियानमा संलग्न गराउने लक्ष्य रहेको उनले जानकारी दिए। सामाजिक विकासबाट नै आर्थिक समृद्धि सम्भव हुने, उद्योग स्थापना र सञ्चालनका लागि सरोकारवाला निकायलाई घच्घच्याउने, गुणस्तरीय शिक्षा र स्वास्थ्यमा राज्यको लगानीका लागि खबरदारी गर्ने चिन्तनले बताए।

    वर्तमान प्रधानमन्त्रीले मुलुकलाई तुइन मुक्त बनाउने घोषणा गरेपनि सोको गर्न नसकेकाले त्यसतर्फ खबरदारी गरिने उनले बताए। तुइन भएको ठाउँमा झोलुङ्गे पुल होइन मोटर हिँड्ने पुल निर्माणका लागि आफूहरुको जोड रहने अभियानमा संलग्न युवाहरुले बताएका छन्। नेपालभरी नै हरेक टोलमा बाटो, घर भरमा धारो निर्माण गरी शुद्ध खानेपानी पु¥याउनका लागी अभियानले भूमिका खेल्ने बताइएको छ।

    मुलुकभित्रको भ्रष्टाचार र बेथिति हटाउनसमेत सो अभियानले सम्बन्धित निकायलाई घच्घच्याउदै अघि बढ्ने अभियानका संयोजक चिन्तनले बताए।

    देशका ७ वटै प्रदेशमा अभियानमा संलग्न गराई प्रशिक्षण दिने, अभियानमा आवद्ध व्यक्तिहरुबाटै आर्थिक जुटाउने, राजनीतिक विकृतिको अन्त्य गरी समतामुलक समाज निर्माण गर्ने लक्ष्यसमेत उनीहरुको छ। युवाहरुलाई स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्न सरकारलाई दबाब दिने, यहाँको कृषि, पर्यटन, जलस्रोत, उद्योग कलकारखाना, स्थापनाका लागि सबैलाई सचेत गराउने लक्ष्यसमेत लिएको चिन्तनले जानकारी दिए।

    जागरण अभियान तीव्र रुपमा अगाडि बढाइने दाबीसमेत उनीहरुको छ। आर्थिक पारदर्शीता र संगठन निर्माणमा जोड, विकृत राजनीतिको अन्त्य गर्दै राज्यको सहयोगीको रुपमा समेत अभियानलाई अगाडि बढाइने बताइएको छ। कांग्रेसमा आवद्ध व्यक्तिहरु पराजित मानसिकतामा रहेकाले उनीहरुलाई समेट्दै आगामी ५ वर्षभित्र पार्टीलाई पुरानै अवस्थामा पुर्‍याउनसमेत आफूहरुले भूमिका खेल्ने उनीहरुको भनाई  छ। रिपोटर्स क्लब तनहुँको संयोजनमा अभियानले सो पत्रकार सम्मेलन गरिएको हो।

मिला दरै

पत्रकार मिला दरै थाहाखबरको तनहुँ जिल्ला संवाददाता हुन्। Email : darai.milamd@gmail.com

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]