|

पाकिस्तानका पूर्वक्रिकेटर एवं विपक्षी पार्टी पाकिस्तान तहरिक-ए-इंसाफ पार्टी (पिटीआई) का प्रमुख इमरान खानले तेस्रो विवाह गरेका छन्। उनले बुशरा मानिकासँग विवाह भएको उक्त पार्टीले पुष्टि गरेको छ।

पिटीआईले सामाजिक सञ्जाल ट्विटरमा पार्टी प्रमुख इमरान खानको विवाहको तस्ब‍िर जारी गरेको छ। उनलाई शुभकामना पनि दिइएको छ।

उक्त ट्विटमा लेखिएको छ, '१८ फेब्रुअरी, आइतबार राति ९ बजे परिवारका सदस्य र नजिकका साथीहरुको उपस्थितिमा विवाह सम्पन्न भएको छ।'

इमरान खानकी श्रीमतीले पनि सामाजिक सञ्जाल ट्विटरमा विवाह भएको र आफूहरु नयाँ जिन्दगी सुरु गर्न गइरहेको लेखेकी छन्।

इमरान खानले दोस्रो विवाह सन् २०१४ मा रेहम खानसँग विवाह भएको थियो। रेहम टिभी प्रस्तोता हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.