|

भाग्य नै तपाईंको पक्षमा हुन्छ भने सबै राम्रो हुन्छ। शुक्रबार यस्तै भयो। न्युजिल्यान्ड र अस्ट्रेलियाबीचको टी–२० क्रिकेट हेर्न पुगेका एक दर्शकले खेलको मज्जासँगै ५० हजार डलरसमेत जिते। 

अकल्यान्ड मैदानमा व्यवस्थापकले बनाएको नियमअनुसार बाउन्ड्री लाइन पार गरेर दर्शक दिर्घामा पुगेकोे बललाई क्लिन क्याच गर्ने दर्शकले ५० हजार डलर इमान पाउँछन्। न्युजिल्यान्ड टिमले ब्याटिङ गरिरहेका बेला रोस टेलरले प्रहार गरेको छक्काले बाउन्ड्री लाइन क्रस गरेको थियो। उक्त बल दर्शक दिर्घामा पुग्यो। खेल हेरिरहेका एक युवाले हातले उक्त बल समाते। 

यी सबै घटनाक्रम क्यामेरामा कैद भइरहेका थिए। खेल सकिएपछि अकल्यान्ड म्यानेजमेन्टले यी युवालाई पुरस्कारवापतको ५० हजार डलरको चेक प्रदान गर्‍यो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.