|

काठमाडौं : सरकारले प्रजातन्त्र दिवसको अवसरमा विशेष कार्यक्रम गरेको छ। नेपाली सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष कार्यक्रममा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश लगायत सरकारका उच्च ओहदाका अधिकारीहरुको उपस्थिति रहेको  थियो।

६८औँ प्रजातन्त्र दिवसका अवसरमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश गोपाल पराजुली, मन्त्रिपरिषद् सदस्य, मुख्यसचिव, संवैधानिक निकायका प्रमुख, सुरक्षा निकायका प्रमुख, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, उच्च सरकारी अधिकृतलगायतको उपस्थिति रहेको थियो।

प्रजातन्त्र दिवसका अवसरमा राष्ट्रपति भण्डारीलाई नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो। समारोहमा राष्ट्रपति भण्डारी, उपराष्ट्रपति पुन, प्रधानमन्त्री ओली, प्रधानन्यायाधीश पराजुलीले शान्तिको कामना गर्दै सेतो परेवा उडाएका थिए।

सेनाले प्रजातन्त्र दिवसका अवसरमा हेलिकप्टरबाट पुष्पवृष्टी गरेका थिए। सोही अवसमार नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले मार्चपास गरेका थिए। त्यस्तै, सर्वसाधारणले पनि सांस्कृतिक झाँकी प्रस्तुत गरेका थिए। राष्ट्रिय खेलकुद परिषद्का खेलाडीहरुले आफ्नो प्रस्तुती दिएका थिए।

यो पनि पढ्नुहोस्:

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.