|

चितवन  : एउटा भयानक दुर्घटनामा चितवनको खैरहनी नगरपालिकाका दुई वडाध्यक्षको मृत्यु भयो। आखिर कारण के थियो? प्रहरीका अनुसार ना३च ९८४० नम्बरको तरकारी बोक्ने पिकअप भ्यान खैरहनीबाट टाँडीतर्फ आउँदै थियो। बीच सडकमा आइपुगेपछि एउटा दुर्घटना गराएर भाग्दै थियो पिकअप भ्यान।

दुर्घटनामा परेका थिए साइकल यात्री रामबहादुर दराई। हाल दराई भरतपुर मेडिकल कलेजमा उपचाररत छन्। दराईलाई ठक्कर दिएर चालक भाग्दै थियो। उसले गाडी तीव्रगति बनायो। हुइँक्याउँदै थियो। सक्दो स्टेरिङ दाब्दै थियो।

रत्ननगरको शान्ति चोक आइपुगेपछि एउटा ट्रिपर फेला पर्यो। ट्रिपरको गति कम भएकाले प्रहरीले समात्न सक्छ भन्ने डर चालकलाई भयो।

त्यसैले उसले ट्रिपरलाई पनि उछिनेर भाग्ने कोसिस गर्यो। ऊ त्यही उछिन्ने क्रममा यता रत्ननगरबाट जाँदै थियो खैरहनी नगरपालिकाको बा२झ १३४४ नम्बरको गाडी।

प्रहरी उपरीक्षक दीपक थापाका अनुसार नगरपालिकाको गाडी आफ्नै साइडमा थियो।  गाडी ओभरटेक गरेर गलत साइड च्यापेर आइरहेको तीव्र गतिको भ्यान रोक्न सक्ने अवस्था नै भएन। खैरहनीको गाडीसँग भयानक रुपमा ठोक्किन पुग्यो।

गाडीको क्षतविक्षत अवस्थाले पनि कति तोडमा जुधेको थियो भन्ने थाहा हुन्छ। घटना भएपछि अघि उछिनेको ट्रिपर पछिपछि आउँदै थियो। उसले पनि एक्कासि ब्रेक लगाउँदा त्यो पनि दुर्घटनामा परेको थियो। तीव्र गति ज्यानको क्षति भनेको यही हो। तर, त्यति राति सरकारी गाडी कहाँ गएर आउँदै थियो भन्ने चाहिँ खुलेको छैन।

उक्त दुर्घटनामा २ वडाध्यक्षको मृत्यु, चालक घाइते

चितवन मेडिकल कलेजमा उपचारका क्रममा सोमबार बिहान १०: १५ बजे  खैरहनी नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष नरेन्द्र अधिकारीको मृत्यु भएको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए।

राति ८:३० बजे भएको सो दुर्घटनामा परी सोही नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष विश्वविजय बस्नेतको राति नै मृत्यु भएको थियो। फरार रहेका तरकारी बोक्ने गाडी चालक सुमन अर्याल चितवनको सूर्यपुरबाट पक्राउ परेका छन्।

यो पनि पढ्नुहोस् : 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.