|

काठमाडौं : नेपाल राष्ट्र बैंक र सहकारी विभागबाट कारोबार गर्ने सञ्‍चालन अनुमति नलिई सुनसरी र मोरङ जिल्लामा वित्तीय कारोबार गरेको अारोपमा इन्भेष्टमेन्ट कम्पनीका ८ जना सञ्‍चालक पक्राउ परेका छन्।

उनीहरूलाई केन्द्रीय अनुसन्धान ब्युरो सिआइबी र प्रदेश क्षेत्रीय अनुसन्धान टोलीले आइतबार पक्राउ गरेको हो। गैरकानुनी तवरले स्थानीय जनताहरूसँग बैंक तथा सहकारीको ब्याजभन्दा बढी ब्याज दिने प्रलोभन देखाई बचत संकलन गरेको र उक्त बचतलाई २४ प्रतिशतभन्दा बढी ब्याज असुल गरी ऋण प्रवाह गरेको सूचनाको आधारमा आइतबार उनीहरूलाई पक्राउ गरेको सिआइबीले जनाएको छ। उनीहरूसँगै स्थानीय जनताबाट अवैधानिक रूपमा संकलन गरेको  नगद र सामानसमेत सिआइबीले बरामद गरेको छ।

आपन इन्भेस्‍मेन्ट प्रालि इटहरी सुनसरी : आपन इन्भेस्‍मेन्ट प्रालि इटहरी सुनसरीबाट इटहरी उपमहानगरपालिका ८ का भीमप्रसाद चौधरी र श्याम पेशकार थारू पक्राउ परेका हुन्। कम्पनीमा जम्मा भएको २ करोड ३९ लाख ५७ हजार ६६० रुपैयाँ बरामद गरेको छ।

हलेसी इन्भेस्‍टमेन्ट प्रालि धरान सुनसरी : हलेसी इन्भेस्‍टमेन्ट प्रालि धरान सुनसरीबाट संखुवासभा बाला गाउँपालिका ५ का चन्द्रबहादुर बिक सोही ठाँउका अनिता बिक पक्राउ परेका हुन। स्थानीय जनताबाट अवैधानिक रूपमा संकलन गरेको ६ करोड ९९ लाख ८० हजार ७३७ रुपैयाँ बरामद गरेको छ।

चौतारी इन्भेस्‍टमेन्ट प्रालि विराटनगर मोरङ : चौतारी इन्भेस्‌‍टमेन्ट प्रा.लि विराटनगर मोरङबाट विराट महानगरपालिका १२ का राजु साह पक्राउ परेका छन्, भने ८ लाख ६१ हजार २७४ रुपैंया वरामद गरेकोछ।

मन्सुन इन्भेस्‍टमेन्ट प्रालि इटहरी सुनसरी : मन्सुन इन्भेस्‍टमेन्ट प्रालि इटहरी सुनसरीबाट इटहरी उपमहानगरपलिकाका सुनिल गुरागाई पक्राउ परेका छन्। भने ५० लाख नगद बरामद गरेका छन्।

छिन्ताङ इन्भेस्‌टमेन्ट प्रालि इटहरी सुनसरी : छिन्ताङ इन्भेस्‍‍मेन्ट प्रालि इटहरी सुनसरीबाट इटहरी उपमहानगरपालिका ८ का डिल्लीप्रसाद आचार्य र सोही स्थानका प्रकाश आचार्य पक्राउ पेरका छन्।  यो शाखा केही दिनअघि  मात्र सञ्‍चालन गरेका कारण नगद जम्मा नभएको सिआइबीले जनाएको छ। पक्राउ परेका सबैलाई बैंक तथा वित्तीय संस्थासम्बन्धी  ऐन, २०७३ अनुसार अनुसन्धान भइरहेको सिआइबीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.