|

रौतहट : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता हुनेमा कुनै शंका नभएको बताएका छन्। 

रौतहटको गौरमा सोमबार प्रेस चौतारी नेपालले गरेको पत्रकार सम्मेलनमा वरिष्ठ नेता नेपालले यस्तो बताएका हुन्। 

दुवै पार्टीले एक हुने संकल्प र सहमति गरिसकेको हुँदा पनि शंका र उपशंका नगर्न वरिष्ठ नेता नेपालले आग्रह गरेका छन्। नेता नेपालले भने, ‘पार्टी नेतृत्वबीच नेतृत्व तथा विचारको बारेमा बहस चलिरेहको छ, केही दिनमै बहसले सार्थक निष्कर्ष निकाल्नेछ। निष्कर्षपछि पाटी एकता हुन्छ।’ पार्टी एकतापछि पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी रहने उनको भनाइ छ।

देशमा वाम गठबन्धनको सरकार गठन भइसकेकाले अब देश विकासको नेतृत्व पनि नेपाल कम्युनिष्ट पार्टीले नै लिने र समृद्ध नेपाल निर्माण हुने वरिष्ठ नेता नेपालले दाबी गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.