|

काठमाडौं : प्रहरी नियमावलीविपरीत काम गरेको भन्दै प्रहरी प्रधान कार्यालयले महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक गणेश ऐरलाई लिखित स्पष्टीकरण मागेको छ।

ललितपुरका दिलीप डंगोलकी श्रीमती नीता डंगोललाई अपहरण गरेको अभियोगमा पुल्चोक प्रहरी प्रभागले रवीन्द्र सिंहलाई कार्तिक २४ गते पक्राउ गरी महानगरीय प्रहरी परिसर जावलाखेलमा बुझाएको थियो।

लेनदेनको विषयलाई अपहरण तथा शरीर बन्धक जस्तो गम्भीर मुद्दा किन चलाइयो? भन्दै प्रधान कार्यालयले ऐरलाई स्पष्टीकरण मागेको एक उच्च प्रहरी अधिकृतले बताए।

यही घटनामा जोडिएका प्रभागका प्रहरी निरीक्षक गोविन्द पन्थीलाई यसअघि नै निलम्बनका लागि प्रहरी प्रधान कार्यालयले गृहमन्त्रालयलाई पत्राचार गरिसकेको छ। तर, निरीक्षक पन्थी भने आफू कुनै आर्थिक गतिविधिमा संलग्न नभएको र झूटा आरोप आफुमाथि लगाएको दाबी गर्दै आएका छन्।

प्रहरी स्रोतका अनुसार आरोपित सिंह र डंगोल दम्पतीबीच पहिलेदेखि नै आर्थिक लेनदेन हुँदै आएको थियो।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.