|

चितवन :  चितवनको नारायणगढ मुग्लिन सडकखण्डको तीननम्बर पुलको रेलिङ खसेपछि सवारी आवागमन प्रभावित भएको छ। जसका कारण सोमबार अपरान्ह ४ बजेदेखि खुल्नुपर्ने सडक अझै खुल्न सकेको छैन्। 

पुलको रेलिङ मर्मतकार्य भइरहेकाले साँझ ६ बजे अघि सडक खुल्ने अवस्था नरहेको चितवनका ट्राफिक प्रहरी प्रमुख निरीक्षक सन्तोष पन्तले जानकारी दिए । जसका कारण विहान १० बजेदेखि रोकिएका सवारी र यात्रु अलपत्रमा छन्।

उनकाअनुसार रेलिङ खसेर जोखिम बढेपछि सवारी रोकेर मर्मत सुरु गरिदैंछ। यसअघि पनि सो पुलको रेलिङ २ पटक खसिसकेको छ। सोपुल मुग्लिनबाट नारायणगढतर्फको तेस्रो पुल हो। सो सडकमा भित्तो काट्ने काम जारी रहेकाले विहान १० बजेदेखि साँझ ४ बजेसम्म सवारी रोक्ने गरिए पनि सोमबार भने ४ बजे सवारी खुल्न सकेको छैन। जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले अपरान्ह १ सूचना जारीगरी रेलिङमर्मतका लागि भन्दै कम्तिमा ६ बजेसम्म बाटो बन्द रहने जनाएको छ । मोटरसाइृकल मात्रै चल्न दिइएको जनाइएको छ।

मुग्लिन सडक निर्माणको काम २ पटक म्याद थप गर्दा पनि करिव ७२ प्रतिशत मात्रै काम भएकाले पुन म्याद थपको प्रयास भइरहेको छ। 
नारायणगढ मुग्लिक सडक आयोजनामार्फत यहाँ अहिले करिव ३४ किलोमिटर क्षेत्रमा सडक विस्तारको काम जारी छ। मुग्लिन नारायणगढ सडकमा दैनिक १० हजार बढी सवारी साधन गुड्छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.