मदन भण्डारी स्पोर्ट्स एकेडेमीले १/१ लाख थप्ने

|

काठमाडौं : नेपाली क्रिकेट टोलीका सदस्यहरूलाई सरकारले जनही ३/३ लाख रुपैयाँ दिने भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वकप छनोटमा पुग्न सफल नेपाली क्रिकेट टोलीलाई सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर उक्त घोषणा गरेका हुन्।

क्रिकेट खेलाडीहरूको सम्मानमा बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रशिक्षकसहित खेलाडीहरुलाई जनही ३/३ लाख रुपैयाँ दिने घोषणा गरेको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए। 

त्यस्तै, नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्यहरूलाई मदन भण्डारी स्पोर्ट्स एकेडेमीले १/१ लाख रुपैयाँ दिने भएको छ। एकेडेमीका तर्फबाट विनोद श्रेष्ठले सरकारले दिएको रकममा एकेडेमीले जनही १/१ लाख रुपैयाँ थप गर्ने घोषणा गरे।

नामिबियामा भएको डिभिजन २ मा उपविजेता बनेको नेपालले विश्वकप छनोटमा स्थान बनाएको छ। विश्वकप छनोट खेल्न नेपाली टोली शनिबार जिम्बाबे आयोजक राष्ट्र जाँदै छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.