|

हेटौँडा : विभागीय टोली त्रिभुवन आर्मी हेटौँडामा जारी हेटौँडा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। सोमबारको खेलमा सुदूरपश्चिम–११ लाई ट्राइब्रेकर ५–३ गोलले पराजित गर्दै आर्मी सेमिफाइनल प्रवेश गरेको हो।

वन विज्ञान अध्ययन संस्थानको खेल मैदानमा भएका खेलको पहिलो हाफ गोल रहित बराबरीमा टुंगिएको थियो। खेलको ६९औँ मिनेटमा पहिलो गोल आर्मीका नवयुग श्रेष्ठले गरे पनि त्यस लगत्तै ८२औँ मिनेटमा सुदूरपश्चिमका विनोद केसीले गोल फर्काए। खेल बाराबरीमा टुंगिएपछि निर्णय ट्राइब्रेकरबाट लिइएको थियो।
ट्राइब्रेकरमा सुदूरपश्चिमका राकेश हमाल गोल गर्नबाट चुकेपछि आर्मी विजयी भयो।

सोमबारको खेलको म्यान अफ द म्याच आर्मीका गोलरक्षक विकेश कुथु घोषित भए। उनले ५ हजार रुपैयाँ प्राप्त गरे। मंगलबार अन्तिम सेमिफाइनलमा संकटा क्लब र थ्री स्टारबीच प्रतिस्पर्धा गर्ने आयोजक सुमन भोम्जन खेलकुद प्रतिष्ठानले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.