|

काठमाडाैं : गीतकार तथा कवि दीपा पुन राईकाे पहिलाे गीति एल्बम 'प्रतिरूप' सार्वजनिक भएकाे छ। बागबजारस्थित हाेटल हार्दिकमा सार्वजनिक गरिएकाे 'प्रतिरूप'मा राजेशपायल राई, स्वरूपराज अाचार्य, रजिना रिमाल, मेलिना राईलगायतकाे स्वर रहेकाे छ।

उक्त एल्बममा पारस मुकारुङ, बालन्द राई, राजेश थापा तथा डीअार अटुकाे संगीत रहेकाे छ।

८ वटा गीत समावेश गरिएकाे उक्त एल्बममा दीपाले नेपालदेखि अमेरिकासम्मकाे जीवन भाेगाइ समेटेर गीत रचना गरेकाे बताइन्। 'कवितामा जस्तै गीतमा पनि अाफूले  सक्दाे मिहिनेत गरेकी छु', उनले भनिन्, 'मैले दिमागभन्दा पनि हृदयबाट गीत लेखेकी छु, जस गर्दा श्रोताको पनि हृदय छुन्छ।'

कार्यक्रमकाे प्रमुख अतिथि संगीतकार गणेश रसिकले दीपाका गीत सरल र सुन्दर रहेका बताए। चित्रकार उत्तम नेपाली, संगीतकार बुलु मुकारुङ तथा कवि विप्लव प्रतीकले उनका गीत हृदयस्पर्शी रहेका प्रतिक्रिया दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.