|

कैलाली : प्रदेश ७ का प्रदेश प्रमुख मोहनराज मल्लले प्रदेशको विकासका लागि सबै एक हुनुपर्ने बताए। राज्यको आँखाबाट सँधै टाढा रहेको तर धेरै सम्भावना रहेको सुदूरपश्चिमलाई संघीयतासँगै अवसर र चुनौती थपिएको बताए।

कैलालीको बर्दगोरीया गाँउपालिकाको वसन्तमुरारी माध्यामिक विद्यालयको १६औँ वार्षिकोत्सवमा मल्लले राजनीतिक स्वार्थभन्दा एक कदम माथि उठेर लाग्न सबैलाई आग्रह गरे। उनले भने,‘सँधैको गरिब प्रदेश भनेर चिनिएको यो प्रदेशलाई अब सबैभन्दा धनि प्रदेश बनाउनेतर्फ गाल्नुपर्छ।’ जनताको कामलाई भरपर्दो, छिटोछरितो सेवा दिन जनप्रतिनिधि र राष्ट्रसेवक कर्मचारी निर्देशनसमेत दिए।

अब अरू प्रदेशको तुलनामा प्रदेश ७ को विकासले फड्को मार्ने दाबीसमेत गरे। प्रजातन्त्र दिवसको अवसरमा शहीदप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रदेश प्रमुख मल्ले प्रजातन्त्र÷लोकतन्त्र विश्वकै उत्कृष्ट शासन व्यवस्था भएको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.