|

बुटवल : प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले प्रदेश ५ लाई समृद्ध मिनी नेपालको रूपमा विकसित गर्ने बताएका छन्। 

६८औँ प्रजातन्त्र दिवसको अवसरमा प्रदेश ५ सरकारले बुटवलमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले भने, ‘अबको राजनीतिक उद्देश्य विकास र समृद्धि नै हो।’ 
उनले पछौटेपन, भोकमरी, गरिबी अन्त्य गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको भन्दै समस्या र चुनौती देखाएर पछि नहट्ने बताए। 

उनले प्रदेशलाई पर्यटन, कृषि, उद्योगका संभावनाहरूलाई आधार मानेर दीर्घकालीन र अल्पकालीन नीति बनाएर सम्बोधन गर्ने बताए। ‘उपलब्ध साधन स्रोतको सदुपयोग गर्दै आंचलिक मनोविज्ञानलाई साझा बनाएर हामी अघि बढ्नेछौँ’, उनले भने। 

प्रदेश सरकारले संविधान कार्यान्वयनमा मद्धत गर्दै जनताका मौलिक अधिकारहरू उपयोग गर्न सक्ने गरी पारदर्शी हिसाबले काम गर्ने उनले बताए। 

प्रजातन्त्र प्राप्तिदेखि गणतन्त्रसम्म सहादत प्राप्त गर्नेहरूप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै उनले परिवर्तनका आन्दोलनमा योगदान दिनेहरूको स्मरण गरेका थिए। प्रदेश सरकारको आयोजनामा प्रजातन्त्र दिवसको अवसरमा बुटवलमा प्रभातफेरीसमेत गरिएको थियो।

हेर्नुहोस् फोटो :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.