काठमाडौं : एमाले-माअाेवादी केन्द्रबीच हुने भनिएको पार्टी एकताका लागि आज (सोमबार) साँझ एकता संयोजन समितिको बैठक पुन: बसिरहेको छ।
पटक पटकका दुई दलका शीर्ष नेताबीचका वार्ता र संवादपछि आजको बैठकमा एकताको खाकामा हस्ताक्षर गरिने बताइएको छ। एमालेका तर्फबाट अध्यक्ष केपी शर्मा अोली, उपाध्यक्ष वामदेव गौतम, वरिष्ठ नेता माधवकुमार नेपाल र नेता झलनाथ खनालसहितका केन्द्रीय नेता तथा माअोवादी केन्द्रका तर्फबाट अध्यक्ष प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा बादलसहितका नेता बैठकमा सहभागी रहेका एमाले अध्यक्ष अोलीका स्वकीय सचिव अनिस दाहालले जानकारी दिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।