|

काठमाडौं : एमाले र माओवादी केन्द्रले अन्ततः पार्टी एकता गरेका छन्। सोमबार यी २ पार्टीले अब एक भएर अगाडि बढ्ने सहमति पत्रमा हस्ताक्षर गरेका छन्। 

वाम गठबन्धन बनाएर प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सहभागी भएका र बहुमत प्राप्त गरेका एमाले र माओवादीले एकताका प्रारम्भिक आधारमा हस्ताक्षर गरेसँगै पार्टी एकताले मूर्त रुप लिएको छ। 

सोमबार राति प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एकता संयोजन समिति बैठकले पार्टी एकतालाई मूर्त रुप दिएको हो। राति ८ बजे सुरु भएको बैठक करिब साढे ११ बजे सकिएको थियो। 

बालुवाटारमा भित्र पार्टी एकताको सहमति भइरहँदा बाहिर भने सञ्चारकर्मी उत्सुक भएर समाचार पर्खिरहेका थिए। 

बालुवाटार भित्र सहमति पत्रमा हस्ताक्षर भइरहेका फोटो एमाले सचिव प्रदीप ज्ञवालीले सामाजिक सञ्जाल ट्विटर मार्फत सार्वजनिक गरेका थिए।

पढ्नुहोस्: 

हेर्नुहोस्, बालुवाटार भित्र र बाहिरका फोटो:

फोरम अध्यक्ष उपेन्द्र यादव।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.