|

काठमाडौं : समलिंगी विवाह गरी नेपाल बस्न चाहने जोडीलाई गैरपर्यटकीय प्रवेशाज्ञा दिन सर्वोच्च अदालतले सरकारका नाममा निर्देशनात्मक आदेश दिएको छ। 
भक्तपुर अनन्नतलिंगेश्रकी सुमन पन्तले अमेरिकी महिलालाई विवाह गरी नेपालमा नै बस्न पाउनु पर्ने माग गर्दै दायर गरेको मुद्दामा सर्वोच्चले यस्तो आदेश गरेको हो । 

न्यायायधीशद्वय आनन्दप्रसाद भट्टराई र टंकबहादुर मोक्तानको संयुक्त इजलासले उनको जिन्दगीमा दख्खल दिन नहुने भन्दै गैरपर्यटकीय भिसा दिन आदेश गरेको हो। 

सुमनसँग दाम्पत्य सम्बन्ध कायम भएकी लेस्लीलाई गैरपर्यटकीय भिसा दिन सर्वोच्चले परमादेश जारी गरेको छ। संयुक्त इजलासले गत कात्तिक ६ मा आदेश गरेको फैसलाको पूर्णपाठ आइतबार सार्वजनिक गरेको हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.