|
फाइल तस्बिर

चरिकोट : जिल्लामा अलैँची खेतीमा किसानको आकर्षण घटेपछि झन्डै दुई करोड अलैँची विरुवा ब्याडमै थन्किएका छन्। उत्पादित अलैँची लगातअनुसार बजार मूल्य नपाएपछि किसानको आकर्षण घट्न थालेको हो।

दोलखामा कुनै बेला आम्दानीको राम्रो स्रोत मानिएको अलैँची खेतीले बजार नपाएपछि अधिकांश किसान चिन्तित भएका छन्। छिटो मुनाफा लिने उद्देश्यउले फलभन्दा बिरुवा उत्पादनलाई प्राथमिकता दिएका दोलखाका अलैँची किसान नर्सरीमा उत्पादित बिरुवा बिक्री नभएपछि लगानी खेर जाने अवस्थामा पुगेको गुनासो गर्छन्।

अलैँची बिरुवा रोप्ने समयमा ठूलो लगानी गरेर स्थापना गरिएका नर्सरीबाट उत्पादित अलैँची बेर्ना बिक्री नभएपछि किसान चिन्तामा परेका हुन्।

कृषि विकास कार्यालयमा दर्ता भएका करिब ६० वटा अलैँची नर्सरीमा १ करोडभन्दा बढी वरुवा उत्पादन भएकामा अहिलेसम्म १० प्रतिशत पनि बिक्री हुन नसकेको किसान बताउँछन्। जिल्लामा दर्ता भएभन्दा नभएका थप एक करोड बिरुवा रहेको अलैँची व्यवसायी संघ दोलखाका अध्यक्ष भवेन्द्र कार्कीले जानकारी दिए।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.