|
BBC

सिरियामा बिद्रोहीको कब्जामा क्षेत्रमा सरकारी सुरक्षाकर्मीले गरेको आक्रमणमा परी २० बालबालिकासहित ७७ जना सर्वसाधारणको मृत्यु भएको छ। 

राजधानी दमासकसको बाहिरी क्षेत्रमा रहेको पूर्वी गुटामा सरकारी सुरक्षाकर्मीले गरेको आक्रमणमा कम्तीमा ७७ जना सर्वसाधारण नागरिकको ज्यान गएको सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले बताएको बिबिसीले उल्लेख गरेको छ।

पूर्वी गुटा बिद्रोहीको कब्जामा रहेको क्षेत्र हो। यहाँबाट बिद्रोहीलाई लखेट्न भन्दै सरकारी सुरक्षाकर्मीले गरिरहेको कारवाही अभियानको चपेटामा सर्वसाधारण नागरिक परेका छन्।

सिरियाली सेनाले गुटामा स्थल आक्रमणको पनि तयारी गरिरहेको छ। हवाई आक्रमण तथा रकेट प्रहारका कारण त्यस क्षेत्रको अवस्था नियन्त्रणबाहिर पुगेको संयुक्त राष्ट्रसंघका अधिकारीले बताएका छन्।

पूर्वी गुटामा चार लाखभन्दा बढी नागरिकको बसोबास रहेको क्षेत्र हो। यो क्षेत्र सन् २०१३ देखि बिद्रोहीको कब्जामा छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.