|

धनकुटा : नेत्रविक्रम चन्द ‘विप्लब’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको प्रभाव पूर्वी नेपाल बिहानैदेखि परेको छ। बन्दको कारण धनकुटासहित पूवका लामो र छोटो दूरीमा चल्ने सवारी साधनहरु सञ्चालनमा आउन नसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटाका प्रमुख सुरेन्द्र खड्काले जानकारी दिए।

विराटनगरमा आइतबार नेकपा निकट जनस्वयंसेवक परिचालन कमिटी अधिवेशनका क्रममा आफ्ना पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’सहितका नेतालाई प्रहरीले गिरफ्तार गरेर राखेको विरोधमा मंगलबार नेपाल बन्दको आह्वान गरेको हो। बन्दका कारण सडकमा सार्वजनिक र निजी सवारी साधन नचल्दा यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन्। 

बन्दले यातायातका साथै शैक्षिक संस्था, उद्योगधन्दा, कलकारखाना ठप्प हुँदा जनजीवन प्रभावित भएको छ। प्रेस, एम्बुलेन्स, शवबहान, दूध बोक्ने गाडी र पानीको ट्यांकर जस्ता अत्यावश्यक सवारीसाधनलाई चल्न दिएको नेकपाले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.