|

कालिकोट : तिलागुफा नगरपालिका–११ को कामखेतबाट कर्णाली राजमार्गको गाल्जे जोड्ने ग्राभिटी रोपवे सञ्चालनमा आएको छ। यस क्षेत्रका नागरिकले उत्पादन गरेको तरकारीलाई बजारसम्म पु¥याउन सहज बनाउन रोपवे निर्माण गरिएको हो।
 

यस क्षेत्रका किसानले उत्पादन गरेका स्याउ, आलु तथा मौसमी तरकारी बजारसम्म पुर्‍याउन चार घण्टासम्म हिँड्नुपर्ने बाध्यता थियो। किसानलाई परेको मर्कालाई मध्यनजर गरी रोपवे सञ्चालनमा ल्याइएको नगरपालिकाका प्रमुख रतनबहादुर शाहीले बताए। उनले भने, ‘किसानहरुले भारी बोकेर चार घण्टा लाग्ने बाटोमा अहिले दुई मिनेटमा नै भारी बजारमा झार्न सकिन्छ।’

रोपवे सञ्चालनमा आएपछि गाउँका कृषकले उत्पादन गरेको कृषिउपज बिनाझन्झट राजमार्गसम्म पुर्‍याउन पाएको वडा नम्बर ११ का अध्यक्ष मुनबहादुर थापाले बताए। ‘रोपवेले कृषकलाई आफूले उत्पादन गरेको कृषिजन्यवस्तु तथा जडीबुटी ढुवानी गर्न सजिलो भएको छ।’ उनले भने, ‘रोपवे निर्माणपछि व्यावसायिक तरकारी खेतीतर्फ कृषकको आकर्षण बढेको छ।’
 
यसअघि अदुवा, बेसार, तेजपात मात्र बिक्री गर्ने कृषकले रोपवे सञ्चालनमा आएपछि मौसमी तथा बेमौसमी तरकारी खेतीमा ध्यान दिन थालेको कृषक बालबहादुर रोकायाले बताए। ‘सधैंभरि बोरा, डोकोमा एक दिनको बाटोमा बोक्नुपर्ने बाध्यता थियो।’ उनले भने, ‘अहिले समयको पनि बचत भएको छ।’ 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.