|

इनरुवा : प्रदेश १ को प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलको नेतामा राजीव कोइराला सर्वसम्मत चयन भएका छन्।

संसदीय दलको सोमबार विराटनगरमा बसेको बैठकले कोइरालालाई सर्वसम्मत संसदीय दलको नेतामा चयन गरेको हो। संसदीय दलको नेताका लागि पार्टीका दुईजना आकांक्षी रहेकामा प्रदेश सांसद केदार कार्की र शेखरचन्द्र थापाले अन्तिम समयमा उम्मेदवारी फिर्ता लिएपछि कोइराला निर्विरोध चयन भएको कांग्रेस सुनसरीका सचिव केदार भण्डारीले जानकारी दिए। कोइराला कांग्रेसका सुनसरी सभापतिसमेत हुन्। 

कोइराला प्रदेशभाको निर्वाचनका बेला सुनसरी क्षेत्र नम्बर २ (ख) बाट प्रत्यक्षतर्फ प्रदेशसभा सांसदमा विजयी भएका हुन्।  कोइरालालाई मंगलबार प्रमाणपत्र प्रदान गर्ने कार्यक्रम रहेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.