|
स्वर्ण स्तम्भ

उदयपुर : कटारीस्थित त्रिवेणी उच्च माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको समापन गर्न मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारी कटारी आउने भएकी छिन्। 

फागुन १ देखि जारी स्वर्ण महोत्सवको समापन तथा स्वर्ण स्तम्भको अनावरण र स्मारिका विमोचन कार्यक्रममा प्रमुख अतिथिको रुपमा राष्ट्रपति भण्डारी कटारी आउने कार्यक्रम रहेको उदयपुरका निमित्त प्रमुख जिल्ला अधिकारी कुमार खड्काले जानकारी दिए।

राष्ट्रपतिले स्वर्ण महोत्सवलाई सम्बोधन गरी गाईघाटमा रहेको १८ नम्बर बाहिनीको समेत निरीक्षण गर्ने कार्यक्रम तय भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.