|

काठमाडौं : फिल्म 'मिस्टर भर्जिन'को पहिलो गीत सार्वजनिक भएको छ। मंगलबार युट्युबमार्फत फिल्ममा समावेश 'टुल्की' बोलको अडियो गीत सार्वजनिक गरिएको हो। पश्चिम क्षेत्रको देउडा लयमा निर्माण गरिएको यस गीतमा सुरज पण्डितको शब्द तथा संगीत रहेको छ। सुरजकै स्वर रहेको गीतमा अमृत लगुनले र्‍याप हानेका छन्।

'वर्ल्ड वाइड फिल्म ड्रिस्टिब्युसन'को व्यानरमा निर्माण भएको यस फिल्मलाई विशारद बस्नेतले निर्देशन गरेका छन्। केही भर्जिन पात्रहरूको यौन मनोविज्ञानमा आधारित रहेर निर्माण भएको फिल्ममा गौरव पहरी, मरिष्का पोखरेल, भोलाराज सापकोटा, कमलमणि नेपाल, विजय बराल, रवीन्द्र झा, सृजना सुब्बालगायतको मुख्य भूमिका रहनेछ।

खिलेन्द्र तिमल्सिना, प्रजापति सिवाकोटी, मुकेश रेग्मी, विशारद बस्नेतको लगानी रहेको यस फिल्ममा सन्दीप उप्रेती र मनीष खत्री सहनिर्माता रहेका छन्। रामेश्वर कार्कीले खिच्ने फिल्मलाई मिलन काप्रीले सम्पादन गर्दै छन्।

सुन्नुहोस् अडियो गीत :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.