|

दमक (झापा) :  मंगलबार बिहान दमकको मुख्य बजार क्षेत्रमा बिस्फोट भएको छ। दमक बजारस्थित घिमिरे मार्केटअगाडि बम बिस्फोट भएको हा। 

बिस्फोटले क्षति भएको छैन। स्थानीयमा त्रास फैल्याउने उद्देश्यले सो बिस्फोट गराइएको हुन सक्ने इलाका प्रहरी कार्यालय दमकमा प्रमुख प्रहरी नायव उपरीक्षक दिपक गिरी बताए। नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले बन्दको आह्वान गरेकै दिन बिस्फोट गराइएकाले उक्त समुहको संलग्नता हुन सक्ने प्रहरीको अनुमान छ। तर, अहिलेसम्म कुनै समूहले जिम्मेवारी लिएको छैन।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.