काठमाडौं : काठमाडौंको तीनकुनेस्थित बागमती पुलनजिकै शंकास्पद वस्तु भेटिएको छ। एउटा झोलामा खतरा लेखेर राखेको अवस्थामा शंकास्पद वस्तु फेलापरेको महानगरीय प्रहरी वृत्त नयाँ वानेश्वरले जनाएको छ।
तीनकुनेको पुलनजिकै रुखमुनि उक्त शंकास्पद वस्तु फेला परेको हो। उक्त वस्तु के हो भन्ने बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। अहिले उक्त स्थानमा सुरक्षा व्यवस्था कडा बनाइएको प्रहरीले जनाएको छ। उक्त स्थानमा सेनाको बम डिस्पोजल टोली बोलाइएको प्रहरीले जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।