|

चितवन : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ पार्टीको अध्यक्षता केपी शर्मा ओली र आफूले पालैपालो गर्ने बताएका छन्। चितवनको भरतपुरमा मंगबार प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालले आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन्।

सैद्धान्तिक रूपमा नेपाल कम्युनिस्ट पार्टी भइसकेको भन्दै अध्यक्ष दाहालले कानुनी रूपमा निर्वाचन आयोगमा दर्ता गरेपछि भन्न मिल्ने उल्लेख गरे। महाधिवेशन नभएसम्म दुवै जना अध्यक्ष प्रणालीमा गएका छौँ’, उनले भने, ‘आजबाट केपी ओली र मलाई अध्यक्ष मान्दा भयो।व्यावहारिक र सैद्धान्तिक रूपमा केपी ओली र आफू दुवै पार्टीका अध्यक्ष भएको भन्दै दाहालले बैठकको अध्यक्षतासमेत आलोपालो गर्ने गरी सहमति भएको जानकारी दिए। महाधिवेशनसम्म यसैगरी अघि बढ्नेसमेत दाहालले बताए।

अन्तरिम राजनीतिक प्रतिवेदन बनाउन माधवकुमार नेपाल र नारायणकाजी श्रेष्ठको सहभागितामा कार्यदल बनाएको र अर्को कार्यदल अन्तरिम विधान र संगठनको सेटका लागि सुझाव दिन रामबहादुर थापा, प्रदीप ज्ञवालीलगायतको सहभागितामा २ वटा कार्यदल बनाएको उनले बताए। एक साताभित्रमा कार्यदलको सुझावको आधारमा र त्यही विधानको आधारमा बैठक बसेर पुरानो समिति भंग गर्ने र नयाँ केन्द्रीय समिति बनाएर निर्वाचन आयोगमा दर्ता गर्ने दाहालको भनाइ थियो। 

डेढदेखि २ वर्षभित्रमा महाधिवेशन गर्ने र सो समयसम्म केपी ओली नै प्रधानमन्त्री हुने उनले बताए। महाधिवेशनपछि त महाधिवेशनले के गर्छ भन्ने हो, तर अहिलेको लागि ५ वर्ष नै केपी ओली नै प्रधानमन्त्री, अब महाधिवेशनले यही गर्छ भनेर त मैले अहिले नै भन्न सक्दिनँ’, उनले भने। उनले सरकारमा मंगलबार नै मन्त्री सिफारिस गर्नेसमेत जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.