|

उदयपुर : राष्ट्रपति विद्यादेवी भण्डारीले समृद्ध नेपाल निर्माण गर्ने आधारनै शिक्षा भएको बताएकी छन्। मंगलबार उदयपुरको कटारी नगरपालिकामा रहेको त्रिवेणी उच्च माध्यमिक विद्यालयको स्वर्ण महोत्सवमा आयोजित कार्यक्रममा उनले यस्तो बताएकी हुन्।

नेपाललाई समृद्ध बनाउने मुख्य आधार कृषि, धार्मिक, पर्यटन र औद्योगिक क्षेत्र रहेको उनको दाबी थियो। ‘यिनै क्षेत्रलाई मध्यनजर गरेर शिक्षा प्रणालीमा जोड दिनुपर्नेछ,’ उनले भनिन्, ‘सबै प्रकारका विद्यालमा दक्ष जनशक्ति तथा सक्षम नागरिक उत्पादन गर्नेगरी शिक्षा प्रणाली बनाउनुपर्छ।’

सामुदायिक विद्यालयमा आवाश्यक भौतिक पूर्वाधार, शैक्षिक पूर्वाधार, प्रभावकारी परीक्षा प्रणाली र राज्यबाट हुने सुपरीवेक्षण तथा मूल्यांकनमा विशेष ध्यान दिनुपर्नेमा जोड दिइन्।

हालमा नेपालमा उत्पादन भइरहेको दक्ष जनशक्तिसमेत विदेश पलायन भइरहेको भन्दै राज्यले त्यसलाई रोक्न, कृषि, पर्यटन, औद्योगिक क्षेत्रमा लगानी गर्नुपर्ने धारण राखेकी छन्। ‘प्राविधिक शिक्षामा जोड दिने शिक्षा प्रणाली अवाश्यक छ,’ राष्ट्रपछि भण्डारीले भनिन्, ‘राज्यले दक्ष जनशक्ति हुँदा पनि उपयोग गर्न सकेको छैन।’

कटारी क्षेत्रमा भएको जलस्रोत, त्रिवेणी धार्मिक क्षेत्र, जडीबुटी, कृषि, खानीकै उपयोग गर्ने नीति राज्यले लिए मात्र समृद्धिको बाटो खुल्ने उनको तर्क थियो। राजनीतिक स्थायित्व र दिगोशान्ति कायम भएको भन्दै सुखि नेपाली समृद्धि नेपाल निर्माण गर्ने कार्यभार पूरा गर्न देश अगाडि बढेको बताइन्। राष्ट्रपति भण्डारीले शैक्षिक विकासमार्फत ज्ञानका विभिन्न क्षेत्रहरूको उजागरण गर्न सबै पक्षलाई आग्रह गरिन्। उनले स्थापना भएको ५० वर्षमा त्रिवेणी उच्च माध्यमिक विद्यालयले शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएको चर्चासमेत गरिन्।

 ‘यस विद्यालयबाट उत्पादित जनशक्तिले देशभर राष्ट्रको विभिन्न क्षेत्रमा योगदान पुर्‍याएको थाहा पाए,’ उनले भनिन्, ‘जुन कुरा महत्पूर्ण रहेको आज सावित भएको छ।’ उनले मुलुक यतिवेला तीनवटै तहको निर्वाचन सम्पन्न गरी सुखी र समृद्ध नेपालतर्फ अग्रसर भएको बताउँदै विकास निर्माणमा सबैको सार्थक सहभागिता र सहयोग आबश्यक रहेको बताइन्। स्थानीय प्रसंगमा उनले त्रिवेणी क्षेत्रका खनिज पदार्थ, जलस्रोतको अधिकतम प्रयोग, कच्चा पर्दाथको औधौगिकरण तथा उदयपुर सिमेन्ट उद्योगको उचित व्यवस्थापन र सुधार गरी जिल्लाको विकास निर्माणलाई अगाडी बढाउनु पर्नेमा जोड दिइन्।

कार्यक्रममा प्रदेशनं १ का मुख्यमन्त्री शेरधन राईले हिमाल, पहाड, तराईको फाँटले सजिएको १ नम्बर प्रदेश विकास, समृद्धी र सम्पन्नताले पनि १ नम्बर नै बन्ने ठोकुवा दाबी गरे।

राईले केही दिन भित्रै प्रदेश सरकारले समृद्ध प्रदेशको खाका तयार गरी सार्वजानिक गर्ने तयारी गरिरहेको बताए। राईले वर्तमान अवस्थामा द्वन्द्व, आराजक, अस्थिरताको कुनै गुन्ज्यास नहुने भन्दै तीनवटै तहको निर्वाचनपछि मुलुकमा संक्रमणकालको अन्त्य भएको उद्घोष गरे। मुख्यमन्त्री राईले मुलुक यतिवेला नयाँ युग, नयाँ एजेण्डा लिएर अघि बढिसकेकाले सानातिना समस्यालाई तेस्राएर समृद्ध नेपाल निर्माणको यो महाअभियानलाई छेकबार नगर्न सबैलाई अनुरोध गरेका छन्।

विद्यालयले ५० वर्ष पुगेको अवसरमा निर्माण गरेको ‘स्वर्ण स्मारक’ को अनावरण र ‘स्वर्ण जयन्त्री स्मारिका’ को विमोचन राष्ट्रपति भण्डारीले गरेकी थिईन। कटारीको स्वर्ण महोत्सवपछि सदरमुकाम गाईघाटस्थित नेपाली सेनाको १८ नम्बर बाहिनी अड्डाको निरीक्षण गरेकी थिइन्।   

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.