|

काठमाडौं : नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले बुधबार नै मन्त्रिपरिषद्ले पूर्णता पाउने दाबी गरेका छन्। सचिव ज्ञवालीले माओवादी केन्द्रसँग पार्टी एकता गर्ने आधार पत्रमा हस्ताक्षर गरेसँगै सरकारलाई पूर्णता दिने तयारी भइरहेको बताएका हुन्।

उनले १५ सदस्यीय मन्त्रिपरिषद् बन्ने र त्यो ‘मिसन ओरेन्टेड’ हुने बताए। मंगलबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै सचिव ज्ञवालीले राजनीतिक स्थायित्व कायम गर्ने र आर्थिक विकासलाई तीव्रता दिई मुलुकलाई समृद्ध बनाउने सरकारको मुख्य कार्यभार हुने उल्लेख गरे। सचिव ज्ञवालीले राष्ट्रपति र उपराष्ट्रपति दोहोरिने सम्भावना रहेको समेत बताए।

राष्ट्रपति र उपराष्ट्रपतिको विषयमा पार्टीले निर्णय नलिएको उल्लेख गर्दै उनले दोहोरिने सम्भावना रहेको बताए। सचिव ज्ञवालीले चैतको पहिलो साताभित्र माओवादी केन्द्रसँग पार्टी एकीकरण भएको औपचारिक घोषणा हुने जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.