|

काठमाडौं : प्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्ध नारावाजी गर्ने १३ जनालाई मंगलबार प्रहरीले प्रकाउ गरेकोमा केही समयपछि रिहा गरेको छ।

सर्वोच्च अदालतबाट गत पुस २६ गते साधारण तारिखमा छुटेका डा. गोविन्द केसी मंगलबार हाजिर हुन अदालत पुगेको बेला उनका समर्थकहरूले बबरमहलस्थित जिल्ला प्रसाशन कार्यालय घेराउ र नाराबाजी गरेका थिए।

निषेधित क्षेत्रमा पुगेर प्रधानन्यायाधीशविरुद्ध नारावाजी गरेको हुनाले नारावाजी गर्ने १३ जनालाई प्रकाउ गरिएको माहानगरीय प्रहरी वृत अनामनगरका प्रहरी नायव उपरीक्षक अपील बोहोराले बताए। उनले भने, 'निषेधित क्षेत्रमा गएर उहाँहरूले नारावाजी गरेको हुनाले हामीले प्रकाउ गरेका हौँ।'

पक्राउ पर्नेहरूमा शशिविक्रम कार्की, प्रितम सुवेदी, सलिम पोखरेल, अविनाश बस्नेत, भावना राउत, विशद दाहाल, नारायण कँडेल, शिशिर बन्जाडे, गोमेशसिंह उप्रेती, राजिया बानु, सोनाम ठिमी, सौरभ न्यौपाने र विनोद राजभण्डारी रहेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.