संखुवासभा : जिल्लाको सिलिचोङ गाउँपालिकामा रूखले किचिएर एकजनाको मृत्यु भएको छ। सोमबार दिउँसो दाउराको लागि रूख काट्ने क्रममा सिसुवाखोला १ निवासी ६२ वर्षीय भद्रबहादुर राईको मृत्यु भएको छ।
एउटा काटिसकेको रूख अर्को रूखमा अल्झिएपछि त्यस रूखलाई काट्दै गर्दा भाग्न नभ्याउँदै दुवै रूख राई भएतिरै ढलेको र रूखले किच्याएर घटनास्थलमै उनको मृत्यु भएको डिएसपी सन्तोष खड्काले बताए।
मृतकको शव पोस्टमार्टमको लागि मंगलबार बिहान जिल्ला अस्पताल खाँदबारी ल्याइएको छ। घटनास्थल सदरमुकाम खाँदबारी बाट २ दिन पैदलमा पर्छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।