|

काठमाडौं : अदालतको अपहेलना मुद्दामा साधारण तारेखमा छुटेका प्रा.डा. गोविन्द केसी मंगलबार सर्वोच्च अदालतमा हाजिर भएका छन्।

गत पुस २६ गतेको सर्वोच्चको आदेशअनुसार डा. केसी आज १ बजे अदालत हाजिर भएका हुन्।

आफ्नो भना्ईइ गलत निर्णय गर्ने न्यायाधीशविरुद्ध भएको, न्यायालयविरुद्ध नभएको र यस कुरामा आफू दृढ रहेको भन्दै डा. केसीले अदालतमा लिखित वयान पेस गरेका छन्।

९ बुँदे लिखित जवाफ अदालतमा पेस गरेका डा. केसीले चिकित्सा क्षेत्रको सुधारका लागि आफ्नो आन्दोलन जारी रहेको समेत उल्लेख गरेका छन्। चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) मा डा‍. शशि शर्मालाई सर्वोच्च अदालतले पुनर्वहाली गरेपछि डा. केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीले माफियाको मतियारको रूपमा काम गरेको आरोप लगाउँदैअदालतको आदेशविरुद्ध अनशन थालेका थिए।

डा. केसीले अदालतको अपहेलना गरेको भन्दै सर्वोच्च प्रशासनले टिप्पणी तयार पारेर अपहेलनाको मुद्दा चलाएको थियो। सोही मुद्दामा आदेश गर्दै अदालतले केसीलाई अनशनस्थलबाटै पक्राउ गरेको थियो।

पक्राउको ३ दिनपछि पुस २६ गते अधिवक्ता सुरेन्द्र भण्डारीको जिम्मामा साधारण तारेखमा रिहा भएका थिए डा. केसी। उनको मागअनुसार अदालतलको संयुक्त इजलासले प्रधानन्यायाधीश पराजुलीका शैक्षिक योग्यताका प्रमाणपत्र र नागरिकताको प्रतिलिपि पनि अध्ययनका लागि भन्दै मगाएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.